देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
साउन १९ ।

आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

हाल देशभर आंशिक देखि सामान्य बदली भई मध्य र पूर्वका पहाडी भूभागका एक दुई स्थान तथा तराईका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार