काठमाडौं,
साउन १८ ।
चलचित्र ‘मेरो आफ्नो’ को सम्पूर्ण छायाँकन सकिएको छ । बिहीबार पोखरामा फिल्मको एक गीत खिच्दै इन्डक्ल्याप गरिएको हो ।
३५ दिन लगाएर खिचिएको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । ओम साइभक्त मिडिया प्रा.लि.का लागि श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् ।
चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ । चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । लामो समय देखि चलचित्र लेखनमा सक्रिय उनले छिट्टै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिने जानकारी दिए ।
रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायाँकन, हिमाल केसीको द्वन्द्व, तारा प्रकाश लिम्बु र बिकास चौधरीको सङ्गीत रहेको छ ।
रामजी लामिछानेको साथमा कमल राई र किरणले चलचित्रको गीतमा कोरियोग्राफी गरेका छन् । धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस चलचित्रलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् ।






