काठमाडौं,
साउन १८ ।
हिन्दू महिलाहरुको महान् चाड तीज नजिकिदै गर्दा बिभिन्न कलाकारहरुले तीजको गीतहरु सार्वजनिक गर्ने क्रम चलिरहेको छ । यसै मेसोमा ज्योती मगर र अराज केशबको स्वरमा रहेको तीज गीत ‘नाईटो छेडी नत्थी लाउँछु…’ सार्वजनिक गरिएको छ ।
माधव न्यौपानेको शब्द/सङ्गीत रहेको गीत इनाक्षी इन्टर्टेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा कृष्ण बिके ‘भान्जा’को सङ्गीत संयोजन रहेको छ ।
बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा शृष्टी खड्का र अराज केशब फिचर्ड छन । अरुण अशोक कुमारले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन ।
राम्रो गीत बनेकोले गीत दर्शक/स्रोताले मन पराउनेमा आफुहरु आशावादी रहेको इनाक्षी इन्टर्टेन्मेन्टका राम कंडेलले बताए ।
केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा उच्च भ्युज पाउदै दर्शक/स्रोताको मन जितेको थियो । ‘पिडालु’ गीतले जस्तै ज्योति मगरको स्वरमा आएको ‘नाइटो छेडी नथ्थी लाउछु ल’ले पनि दर्शकको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको कंडेलले बताए ।






