मिसेज नेपाल ग्रान्ड २०१९को उपाधि सृजनालाई

काठमाडौं,
साउन १४ ।

दोस्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितिन् । उनी मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितिन् ।

सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हाँसिल गरिन् ।

यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्ट च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाईन् ।

यो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले, बेष्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हाँसिल गरे ।

यल मिडियाद्वारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।

गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार