काठमाडौं,
साउन १४ ।
विद्यार्थीले व्यवस्थापन शिक्षा अध्ययनका लागि आवश्यक सल्लाह परामर्श लिन सकिने गरि राजधानीमा बृहत कार्यक्रमको आयोजना हुने भएको छ । चौथो हेराल्ड मेनेज्मेन्ट फेष्टिवल तथा बृहत मोटिभेसनल सेमिनार युनिभर्सल टिच कन्सल्ट प्रा. लि. अर्थात युटिसीले आयोजना गरेको हो । कार्यक्रमको प्रमुख अथिति पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन् ।
गुणस्तरिय शिक्षाका लागि वातावरण र उत्कृष्ट शैक्षिक संस्था तथा आवश्यक भौतिक पूर्वाधार सम्बन्धित विषय र ज्ञानका सम्बन्धमा जानकारी प्रत्यक्ष विद्यार्थीले लिन सकिने आयोजकले जनाएको छ । कार्यक्रम साउन १४ र १५ गते गरी दुई दिन राजाधनीको प्रज्ञाभवनमा हुँदै छ ।
करिअर निर्माणका लागि विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने उद्देश्यले युनिभर्सल टिच कन्सल्टले यस्तो कार्यक्रम आयोजना गर्न लागेको आयोजक कमिटीका प्रकाश ढकालले बताए ।
मेलाको पहिलो दिन विद्यार्थी र कलेजहरु बीच अन्तरक्रिया र परामर्शको कार्यक्रम छ । मेलामा देश तथा विदेशका प्रमुख विश्व विद्यालयको सम्बन्धन लिइएका व्यवस्थापन तथा आइटी संकायका करिव ३० वटा कलेजहरुको उपस्थिति रहने छ ।
विद्यार्थीले विभिन्न चाहेको कोर्ष, स्कोप, भर्ना प्रकृया, शुल्क एवम् सफल करिअर निर्माणको वारे जानकारी लिन सक्ने छन् ।
त्यस्तै दोस्रो दिन युवा नेता माधव ढुङ्गेल, ने.का. प्रवत्ता विश्वप्रकाश शर्मा, युवा उद्यमी, सफल बैङ्कर, मोटिभेशनल स्पिकर तथा अन्य कलाकारबाट विद्यार्थीहरुलाई आफ्नो सुनिश्चित करिअर निर्माणमा सघाउ पुग्ने किसीमको कक्षा हुनेछ ।
साथै कार्यक्रममा उत्प्रेरणा तथा मनोरञ्जन दिने कार्यक्रमसमेत रहेको युनिभर्सल टिच कन्सल्टका अध्यक्ष लक्ष्मण लामिछानेले बताए ।
विद्यार्थीहरुले विदेशिनु भन्दा देशमै रहेर देशको विकास गर्नतर्फ पे्ररित गराउने मेलाको मुख्य उद्देश्य रहेको आयोजकको दावी छ ।
कार्यक्रमको मुख्य प्रायोजनमा हेराल्ड कलेज रहेको छ भने सह प्रायोजकमा गोल्डेन गेट, प्रेसीडेन्टल, टेक्सास र नामी कलेज छन् । अन्य कलेजको पनि समन्व्य रहेको छ ।
नेपालमै गुणस्तरिय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको मुख्य उद्येश्यसहित व्यवस्थापकिय, आर्थिक एवम् लेखा क्षेत्रमा विभिन्न परामर्श, कार्यशाला तथा तालीम गराउने उद्देश्यले युनिभर्सल टिच कन्सल्ट लामो समयदेखि क्रियाशिल छ ।






