काठमाडौं,
साउन ९ ।
राजधानीको दरबारमार्गमा शुक्रवारदेखि ठूलो लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ औपचारिक रुपमा सुरु हुदैछ । क्लबको उद्घाटन अवसरमा लोकप्रिय ब्यान्ड ‘कुटुम्ब’ त्यहाँ गुन्जिने भएको छ ।
लोक शास्त्रिय सङ्गीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछन्। लोपन्मुख वाद्यवादनको संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको यो ब्यान्डले सदाझै बासुरी, सारङ्गी, धीमे, ढोलक जस्ता बाजाहरुसहित आफ्नो प्रस्तुति दिनेछ ।
उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा डिजे सेसन पनि राखिएको छ । सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछिन् ।
म्यागनमलाई युवा व्यवसायी अनिशसिंह ठकुरी र मोडल भाष्कर देवले सँयुक्त लगानीमा खोलेका हुन् । क्लबलाई १० करोडको लगानीमा खोलिएको सञ्चालक ठकुरीले दाबी गरे ।






