काठमाडौं,
साउन ९ ।
प्रश्ना निरौला अधिकारीको स्वरमा रहेको तीज गीत ‘हातमा चुरा…’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द तथा डेनी निरौलाको सङ्गीत रहेको गीत ‘हातमा चुरा…’ सार्वजनिक गरिएको हो ।
किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको भिडियोमा दीपासा बिसीले छम छमी कम्मर मर्काएकी छन । मुकेश हुमागाईँको छायाँकन रहेको भिडियोमा सरिता गौतमको सम्पादन रहेको छ ।
गीत मौलिक र भिडियो पनि उत्तिकै राम्रो बनेकोले दर्शक/स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका प्रश्ना बताउँछिन् ।






