लिम्बू गीत ‘आदु मेरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ९ ।

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बू गीत ‘आदु मेरो’को भिडियो सार्वजनिक भएको छ । हस्त लिबाङ लिम्बूको शब्द तथा सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बू र रन्जिता साउदेनको अभिनय छ ।

लिम्बू भाषा संस्कृतिको विकास एवम् बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त गीतको निर्देशन दिनेश माङ्मूले गरेका छन् । भिडियोको सम्पादन तथा निर्देशन परिकल्पना दिनेश लिङ्देनको रहेको छ ।

भिडियोमा ज्ञानु राईको छायाँकन र कृष्ण फागोको निर्माण छ । भिडियोलाई लिबाङ फिल्म्स्ले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार