काठमाडौं,
साउन ८ ।
चलचित्र ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन समेत उनी आफैँले गर्दैछन् ।
‘तिम्रो लागि’, ‘पाठशाला’लगायत केही चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्र निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए ।
‘केही दिन अरुको चलचित्र सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने चलचित्र आफुले बनाउने उनले खुलाए ।
हुन त केही पहिले घोषणा भएको यो चलचित्रका लागि अहिले अभिनेत्री सुष्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् । १० लाख पारिश्रमिका सुष्मा चलचित्रसँग जोडिएकी हनु । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने चलचित्रको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए ।
उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।
नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।






