काठमाडौं,
साउन ८ ।
रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दीलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।
पी.बि.थापा सहनिर्माता रहेको चलचित्रलाई यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् ।
२५ दिनमा छायांकन सक्ने योजना सहित आजबाट चलचित्रको छायाँकन प्रारम्भ भएको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् ।
चलचित्रमा दीलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई सरोज केसी, सुमन खाँडलगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
तस्बिरः भण्डारी नवराज






