भेडेटारमा उद्यमशिलता क्याम्प

धरान,
असार ३१ ।

प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता, जवाफदेहिता, सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’ले श्रावण २६, २७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्दै छ ।

२५ जना सहभागीका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्ने छ भनी क्याम्पको तीन दिनमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव छ ?, उधमशिलता बिकास, स्टार्ट अफ च्यालेन्ज, सरकारी तथा बैङ्किङ प्रोसेस, उधमका अनुभव तथा अन्य कुरामा प्रशिक्षण प्रदान गर्ने क्याम्पका संयोजक वालचन्द्र नेपालले जनाकारी दिए ।

नेपालका युवा वर्गमा देखिएको बैदेशिक रोजगारले नेपाललाई आर्थिक रुपमा क्षति पुगी रहेको र क्याम्पमा नेपालमै केही गर्ने वातावरण साथै राम्रो आइडिया भएकालाई लगानी कर्ता सम्म पुर्याउने उद्देश्यका साथ क्याम्पको तयारी गरिएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’का आउटरिच अफिसर अभिष कटुवालले बताउछन ।

तीन दिने क्याम्पको सहभागीका लागि अनलाइन फारम एभरेष्ट पोलेसी इन्स्टिच्युटको (ई.पी.आई सेन्टर अफ आइडिया) फेसबुक पेज तथा वेब पेजमा गएर भर्न सकिने र यो क्याम्प द्रोस्रो पल्ट आयोजना गरिएको र पहिलो क्याम्प इटहरीमा भएको ‘ई.पी.आई सेन्टर अफ आइडिया’ अप्रेसन डिरेक्टर गायत्री कार्की बताउछिन । कार्कीका अनुसार पहिलो क्य्मापमा २७ जना सहभागी भएका थिए भनी प्रशिक्षकका रुपमा विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी, समृद्ध फाउन्डेसनबाट रोशन श्रेष्ठ, सुरथ गिरी, वल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयबाट सुजन पौडेललगायतको उपस्थिति थियो भने योपल्ट ग्लोबल अन्टरपेनरसिप नेटवर्कका नेपाल प्रमुख दिपेन्द्र चौलगाई, उद्यमी सुरज बैध, विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी वल्ड लिङ्क इन्टरनेट केन्द्रिय कार्यालयका सुजन पौडेललाई प्रस्ताव गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार