काठमाडौं,
असार २४ ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभमुहूर्त गरिएको छ । मंगलबार गोखराको मनकामना मन्दिरमा पूजाआजा गरि चलचित्रको शुभ–मुहूर्त गरिएको हो ।
चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रलाई ‘म यस्तो गीत गाउँछु’कै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको हुन् । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेता पल र अभिनेत्री पूजा सहभागी थिए ।
भदौंबाट छायाँकनमा जाने भनिएको चलचित्र आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने जनाईएको छ । पल र पूजाबाहेक अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको निर्देशक थापाले जनाएका छन् ।






