काठमाडौं,
असार २० ।
गीतकार तथा साहित्यकार अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर स्वरमा रहेको गीत ‘यो आखाँको नानी…’ सार्वजनिक भएको छ । गायक निल गुरुङको नै सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अनिश शाह र भूमिका केसी लाई फिचरिङ गरिएको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।






