‘सरौतो’को ‘कुले दाई…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार १९ ।

चलचित्र ‘सरौतो’को ‘कुले दाई…’ गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रमा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।

राजनराज शिवाकोटीको शब्द/सङ्गीत रहेको गीतमा राजन र मिलन नेवारको स्वर छ । चलचित्रका मुख्य कलाकार सन्नी सिंह र सुमी मोक्तानको अभिनय रहेको छ गीतमा निशिला शाक्य र हरी हुँमागाईँको कोरियोग्राफी छ गीतमा । हरि हुँमागाईँले निर्देशन गरेको यो चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन् ।

https://www.youtube.com/watch?v=0CuaNAnyAfs

सन्नी र सुमीका साथमा चलचित्रमा पराक्रम (पिजेबी) राणा, विजय लामा, युवराज लामा, सम्पदा दाहाल, अमिर गौतम, अरुणा कार्की, धिरेन शाक्यलगायतको अभिनय रहेको छ । बदलाको कथामा निर्मित यो चलचित्र कार्तिक २२ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार