काठमाडौं,
असार १७ ।
आज पूर्ण सूर्यग्रहण लाग्दैछ । यो ग्रहणको कूल अवधि ४ घण्टा ५५ मिनेट हुनेछ । तर, यो सूर्यग्रहण नेपालबाट भने देख्न सकिने छैन । ग्रहण दक्षिण अमेरिकाबाट देखिनेछ । दक्षिण अमेरिकाका चिली, अर्जेन्टिनालगायतका देशबाट यो ग्रहणको खग्रास रुप देख्न सकिनेछ ।
यो ग्रहण सुरु हुँदा नेपालमा रात परिसकेको हुनेछ । आज राती नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा यो ग्रहण सुरु हुनेछ र भोलि बिहान ३ बजेर ३५ मिनेट जाँदा ग्रहण समाप्त हुनेछ ।






