नेपाली काँग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं,
असार १७ ।

नेपाली काँग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई–मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका नेपाली काँग्रेसका पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा, नेपाली काँग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन (राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेतलगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टी प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले‌ गुटबन्दीको राजनीति त्याग गर्दै पार्टी एक ढिका हुनुको विकल्प नरहेको बताए । नेपाली काँग्रेस इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई शुसुचित गर्दै आगामी दिनहरुमा नेपाली काँग्रेसलाई थप शसक्त गर्दै लैजानु पर्ने आबश्यकता रहेको उनीहरुले जानकारी गराए ।

पार्टी जनजागरण अभियान अन्तर्गतनै यस प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमहरुलाई सोलुखुम्बुका गाउँ गाउँमा पुर्याउने सोलुखुम्बु कांग्रेसलाइ एक ढिक्का बनाउन जस्तो सुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पाले जानकारी गराए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफू जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताए ।

यसमा तपाइको मत

अन्य समाचार