काठमाडौं,
असार १३ ।
शंकर थापा स्माइलको स्वरमा रहेको गीत ‘अल राउण्डर’ सार्वजनिक भएको छ । भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो । अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापाकै सङ्गीत र र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । गीतको भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।






