काठमाडौं,
असार १३ ।
चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’को ‘आँखैले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सन्तोष लामाको स्वर, कल्याण सिंहको सङ्गीत र रवि मल्लले शब्द रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् ।
बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।
प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा चलचित्र बनेको हो ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको सङ्गीत रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ ।
लोकेश बज्राचार्यले सम्पादन रहेको यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डी.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।






