काठमाडौं,
असार १३ ।
यूकेमा बस्दै आउनु भएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्मृति पोखरेलको दमदार अभिनयमा ‘वरि लै लै लै…’ गीत सर्वजनिक भएको छ ।
माया पिरतिमा आधारित गीतमा शब्द रचना गीतकार जानकी पन्त जून, स्वर तथा सङ्गीत राजन तिमील्सिना र सङ्गीत सन्योजन सैलेन्द्र मान प्रधानको छ ।
https://youtu.be/sETwP-zrE6g
जुन गीतमा पनम भर्माको छायाँकनन, राम सिंह भाटको सम्पादन, बीरेन्द्र भाट बिपिन को रङ संयोजन र गीतकार जानकी पन्त जूनको निर्देशन रहेको गीतलाई वर्ल्ड कभर मिडियाले पोस्ट प्रोडक्सन गरेको छ । कुमुद इन्टरटेनमेन्ट यूकेले उत्पादन तथा प्रकाशन गरेको गीतलाई आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेको छ ।






