आज घटस्थापनासँगै बडादशैं सुरु

काठमाडौं,
असोज २५ ।

नेपालीहरूको महान् पर्व बडादशैं आज (आइतबार) घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत निर्धारण गरेको छ ।

घटस्थापनाका दिन घरघरमा विधिपूर्वक कलश स्थापना गरी जौ छरेर जमरा राख्ने परम्परा छ । नवरात्रभर दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ ।

यस वर्षको विजयादशमी कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार