ज्योति प्रकाश स्वरमा ‘कति रातहरु…’ (भिडियोसहित)

काठमाडौं,
असार १२ ।

ज्योति प्रकाश स्वरमा रहेको गीत ‘कति रातहरु…’ सार्वजनिक भएको छ । चित्रकार, गायक एवम् सङगीतकार ज्योतिको स्वर र सङ्गीतमा रहेको गीत ‘कति रातहरु…’को भिडियो सार्बजनिक भएको हो ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् ।

मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ । यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरीलगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम सङ्गीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार