एक साता पछि सर्यो ‘सानो मन’

काठमाडौं,

असार ११ ।

चलचित्र ‘सानो मन’को प्रदर्शन मिति एक साता पछि सरेको छ । असार २० गतेलाई प्रदर्शन मिति तय गरेको यो चलचित्र  प्राविधिक पाटोको काम बाँकी नै रहेकाले निर्धारित मितिमा चलचित्र रिलिज गर्न नसकिएको निर्माणपक्षले बताएको हो । अब यो चलचित्र असारको २७ गतेबाट देशभरका सिनेमाघरमा आउने छ ।

‘हतारमा नराम्रो चलचित्र सार्वजनिक गर्नुभन्दा प्राविधिक सुधार गरि एक हप्ता ढिलो आउन लागेका हौं’, निर्माता राजेन्द्र मानन्धरले भने । सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा आयुष्मान देशरा जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

म्युजिकल लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई काठमाडौं, भैरहवा र बैङ्ककमा छायाँकन गरिएको छ । समिर सुनवार र निर्देशक सुयोग गुरुङको लेखनमा तयार भएको चलचित्रलाई आलोक शक्लाले छायाँकन गरेका हुन् । चलचित्रका निर्मातामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । चलचित्रका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार