संसदमा ‘गलबन्दी च्यातियो…’

काठमाडौं,
असार १० ।

गायक प्रकाश सपुतको गीत ‘गलबन्दी च्यातियो…’ वरिष्ठ गायक शम्भु राईले आफनो पुरानो गीत आउ नाचौँ सङ्गी हो बोलको गीतसँग लय मिलेको भन्दै आपत्ति जनाएपछि यो गीत विवादमा आएको छ । शम्भुले प्रकाशविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी समेत दिईसकेका छन् ।

यो गतिको विवाद बढ्दै जाँदा यसको प्रवेश संसद बैठकमा समेत भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सोमबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले गलबन्दी गीत शम्भु राईको गीतसँग मेल नै नखाने बताएका छन् ।

गलबन्दी गीत सर्बत्र चर्चामा आई विदेशीहरुको मनमा समेत बस्न सकेको भन्दै उनले भने ‘विगत केही दिनदेखि सबैको मुखमा हरपल गुनगुनाई रहेने धुन बनेको छ, ‘गलबन्दी च्यातियो तिमीले तानेर’ । नेपाली मात्रै नभई विदेशी मनहरूले पनि यही धुन गुनगुनाई रहेका छन् ।’

उनले गलबन्दी गीत शम्भु राईको गीतसँग नमिलेको बताउँदै भने ‘गाउँघरमा, रोधिघरमा, मेलापातमा, रतेउलीमा जाँदा स्वतः स्फूर्त गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ न चोरी ।’ उनले आफुले पनि लोकगीत गायको बताउदै गलबन्दी गीत गीत चोरी भयो भनेर मुद्दा हाल्नु लज्जाको विषय भएको बताए ।

गीत सर्बत्र चर्चित बनेको कारण प्रकाश सपुत र गायीका श्री शान्ति परियारलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाइ छ । विवादकैबीच यो गीतले भने १५ मिलियन भियूज पुर्याइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार