विप्लव नेतृत्वको नेकपाले आहृवान गरेको बन्दको आंशिक प्रभाव

काठमाडौं,
असार १० ।

विप्लव नेतृत्वको नेकपाले आहृवान गरेको नेपाल बन्दको राजधानीमा आंशिक प्रभाव परेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको राजधानीमा आशिंक प्रभाव परेको हो ।

बन्दलाई मध्यजनर गर्दै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । चोक चोकमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सार्वजनिक सवारी साधन  उल्लेख्य रुपमा सञ्चालन नहुँदा सर्वसाधारणलाई भने मार्का परेको छ ।

बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

विप्लव समूहले गत बिहीबार प्रहरीसँगको दोहोरो मुठमेडका क्रममा मारिएका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेपाल बन्दको आह्वान गरेको थियो।

गत बिहीबार सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको मुठमेडका क्रममा पौडेलको मृत्यु भएको गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिलाई सोमबार जानकारी गराएका थिए । तर, राज्य व्यवस्था तथा सुशासन समितिले भने पौडेले मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एकसाताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार