खबरदार नेपाल बन्ने

काठमाडौं,
असार ८ ।

टेलिफिल्म खबरदार नेपाल बन्ने भएको छ । इन्टरनेसल फिल्म स्कुलको ब्यानरमा जनकराम न्यौपानेको प्रस्तुति रहेको टेलिफिल्म खबरदार नेपाल बन्ने भएको हो । राजधानिको जोरपाटिमा अवस्थित स्कुलको आफ्नै कार्यलयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी टेलिफिल्म बारे जानकारी गराइएको हो ।

देशमा घटिरहेका अपराधजन्य कृयाकलाप न्युनिकरण गर्नको लागि सत्य घटनामा आधारित टेलिफिल्म निर्माण गर्न लागिएको प्रस्तुतकर्ता न्यौपानेले जानकारी दिए ।

महानगरिय प्रहरी प्रभागको समन्वयमा बन्न लागेको टेलिफिल्मले सत्य घटनालाई मात्र प्रस्तुत गर्नेछ । टेलिफिल्मको पहिलो भागमा २०७५ साल पौष मा टोखामा घटेको घटनालाई मुख्य बिषय बस्तु बनाइएको छ । घटना कसरी घट्यो र कसरी प्रहरिले दोशिलाई कानुनी कठघरामा उभ्यायो भन्नेकुराको जानकारी प्रहरी प्रशासनले दिने न्यौपानेको भनाइ छ ।

कार्यक्रममा टेलिफिल्मसँग सम्बन्धित सम्पूर्ण टिमलाई सम्झौता पत्रमा हस्ताक्षर गरी टिममा आबद्द गर्दै सबै टिमको परिचय गराइएको थियो । कार्यक्रमको सञ्चालन सोही टेलिफिल्मका गीतकार तथा कलाकार डम्बर बिकेलले गरेका थिए ।

टेलिफिल्मको शिर्ष गीतमा एकराज राइको सङ्गीत रहने छ । कार्यक्रममा उपस्थित सबै अतिथीहरुले टेलिफिल्मको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

शिबम अधिकारिको लेखन रहेको टेलिचलचित्रलाई बिगत लामो समय देखी फिल्म टेलिफिल्म निर्देशन गर्दै आएका निर्देशक रेशराज आचार्यले निर्देशन गर्दै छन । देशमा दैनिक जसो बिभिन्न अपराधहरु घटिरहेकोले त्यसलाई न्युनिकरण गर्न तथा समाजलाई सचेत गराउनको लागि आफुहरुले यस्तो बिषय उठान गरेको निर्देशकले बताए ।

महान न्यौपाने र महिमा न्यौपाने निर्माता तथा सञ्जय पौडेल बिशेष सहयोगी रहेको टेलिफिल्ममा सरिता राजोपाध्यय, रोमा बिष्ट, अनिल तमाङ, शान्ती राइ, सञ्जय पौडेल, निशा पराजुली, बलदेव रिजाल, बिरेन्द्र अधिकारि, संगिता मगर, बाबुराम सेन्चुरी, अर्जुन तमाङ, रुद्र श्रेष्ठ, सविना अधिकारी, उमा खड्का, कृष्ण धामी, गायत्री घिमिरे, बबिता केशी, अस्मिता खड्का, मिना पाख्रिनलगायतका नयाँ पुराना कलाकारहरुको अभिनय रहेको रहने छ ।

टेलिफिल्मको आगामी शनिबार देखी छायाँकन सुरु हुनेछ । छिट्टै नै टेलिभिजनबाट प्रसारण गरिने टेलिफिल्मको महाराजगन्ज प्रहरी कार्यालय र जोरपाटी नारायणटारमा छायाँकन गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार