धादिङको माँझगाउँमा जीप दुर्घटना, पाँचको मृत्यु

धादिङ,
असार ६ ।

धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीय समीक्षा अधिकारीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ ल्याइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार