पोखरा,
असार ५ ।
प्रेस संगठन नेपाल कास्कीले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बजेट पारित पछि केही मन्त्रीहरु हेरफेर गर्ने गरि प्रधानमन्त्रीसँग छलफल भईरहेको वताएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले प्रधानमन्त्रीले चाहेको बेला मात्र पुनर्गठन हुने बताए ।
अध्यक्ष दाहालले आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए ।






