काठमाडौं,
असार २ ।
असार १३ गतेबाट सिनेमाघरमा आउन लागेको चलचित्र ‘कीर्तीपुरः द लिजेन्ट अफ कीर्तीलक्ष्मी’को गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ‘इतिहासको पानामा…’ गीत सार्वजनिक गरेको हो ।
निर्देशक प्रदीप खड्गीले सिनेमामा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि सिनेमा प्रदर्शनमा गर्न समय लागेको उनको भनाई छ । निर्देशक खड्गी आफु र आफ्नो टिमले सिनेमा उत्कृष्ट बनाएको दावी गर्छन् ।
https://www.youtube.com/watch?v=DXGrD15dO3s&feature=youtu.be
पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित, विनोद श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
वीरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ चलचित्रका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले यो चलचित्रलाई छायाँकन गरेका हुन् ।
राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढङ्गले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् । सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।






