मिसेस नेपाल ग्ल्यामको ताज मिनुलाई

काठमाडौं,
असार २ ।

‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले चुमेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल भएकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताज सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको यो प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेरसाँझ सम्पन्न भएको थियो । प्रतियोगितामा सोनिका कार्की फष्ट रनरअप र प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । सोनिकाले बेष्ट र्याम्प वाक र मोष्ट ट्यालेन्ट उपाधि समेत हात पार्द प्रज्ञा फेसबुक च्वाईस र यु ट्युव मोष्टम्युज बिजेता बनिन् ।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा अञ्जु खड्का राई बेस्ट पर्सनालिटी उपाधि सहित थर्ड रनरअप भइन् भने बेस्ट स्पीच सहित फोर्थ रनरअप देवकी सेवा नेपाली बन्न सफल भइन् ।

अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफी प्रतियोगितामा बिभिन्न आधादर्जन बिधामा समेत बिजेता छानिएको थियो । जसमा कल्पना प्रधान पब्लिक च्वाईस र भ्यूवर्स च्वाईस, बीनू शाही बेस्ट फट्निेस, सुनीता फूयाल क्षेत्री बेस्ट हेयर, शिल्भा तुलाधर मोस्ट फोटोजेनिक, पनीता राई बेस्ट स्किन, सीमा शर्मा बेस्ट स्माइल, सीमा घतान विश्वकर्मा सोशली रेस्पोन्सिबल, सोना राई लामा फेसन आइकान र प्रतिमा अधिकारी मोस्ट क्रिएटिव विजेता बने ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उद्देश्यले आयोजना गरिएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

अन्तिम स्पर्धाको निर्णायकमा अभिनेता रमेश बूढाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा सङ्गीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इन्टरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार