चलचित्रमा नृत्य कार्यशालाको अन्तिम तयारीमा छौ – वसन्त श्रेष्ठ अध्यक्ष, नेपाल चलचित्र नृत्य सङ्घ

नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले यही असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको हो । नृत्य प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेश बनाइरहेकाहरुका साथै यसमा रुची राख्नुहुने सबैले यसमा सहभागी हुन पाउने सङ्घका अध्यक्ष वसन्त श्रेष्ठ बताउँछन् । कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पुर्याउने अध्यक्ष श्रेष्ठ बताउँछन् । यही एकदिने कार्यशालको विषयमा रहेर मिलापका लागि नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष वसन्त श्रेष्ठसँग गीता अधिकारीले गरेको कुराकानी :-

कार्यशालाको तयारी कस्तो हुँदै छ ?
हाम्रो एकदिने कार्यशालाको तयारी अन्तिम चरणमा छ । ६ गते शुक्रबारका लागि हामीले सम्पूर्ण तयारी गरेका छौ । यस्तो कार्यशाला सायद भएको छैन ।

यो कार्यशालाले यस क्षेत्रमा काम गरिरहेका लागि के कस्तो फाइदा पुग्छ ?
कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पुर्याउँछ ।

कस कसले सहभागीता जनाउँदै छन् कार्यशालामा ?
नृत्य प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेश बनाइरहेकाहरुले यसमा सहभागी हुने पाउनेछन् । त्यस्तै सम्पादनको कार्य गर्नेलाई पनि फाइदा पुग्छ यो कार्यशालाले । धेरै भन्दा धेरैलाई हामीले सहभागीता गराउने योजना बनाइरहेका छौ । हामीले त्यस्तो कुनै निश्चित मापदण्ड बनाएका छैनौ । रुची हुने सबै आउन सक्नु हुन्छ ।

के कति खर्च लाग्छ कार्यशालामा सहभागिता जनाउनका लागि ?
हामीले आर्थिक भार त्यति पार्दैनौ । एक हजार रुपैयाँ मात्र राखेका छौ । यसैलाई पैसा तिरेर सिक्नु परेमा धेरै महङ्गो पर्छ । त्यसैले यो मौकाकाके फाइदा उठाउनहुन सबैलाई आग्रह पनि गर्दछु ।

क कसले प्रशिक्षण दिदै हुनुहुन्छ ?
हाम्रो पशिक्षकमा क्यामेरामा गौरी शंकर धुजु, सम्पादनमा वनिश शाह र निर्देशकमा लक्ष्मी नारायणा शर्मा हुनुहन्छ ।

यो कार्यशालाको लागि कसले सहयोग गर्दै छ ?
हामीले सहभागिबाट एकहजार रुपैयाँ लिएका छौ । त्यस्तै चलचित्र विकास बोर्डले पनि केही सहयोग गर्दैछ । आर्थिक पक्ष भन्दा पनि संस्थाले केही गरौ भनेर गर्न लागिएको कार्य हो । यो क्षेत्रमा लागेकाहरुका लागि आवश्यक छ भनेर गर्न लागिएको हो ।

कार्यशालामा काठमाडौंमा रहेकाहरुलाई मात्र समेटदै हुनुहुन्छ कि काठमाडौं बाहिरबाट पनि सहभागिता रहने छ ?
हामीले यो कार्यशालामा काठमाडौंमा मात्र रहेकालाई नभएर काठमाडौं बाहिर रहेर यो क्षेत्रमा काम गरिरहेकालाई पनि समेटेका छौ । हामीले झापा, मोरङ, पोखराका साथै देशका अन्य ठाउँबाट पनि सहभागिता गराउँदै छौ । हामीले एकहजार जना जतिलाई सहभागिता गराउने योजना बनाएका छौ ।

अन्त्यमा ?
नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला यही असारको ६ गते शुक्रबार गर्न गइरहेका छौ । यसमा साथ सहयोग पुर्याउनु हुन सबैमा हार्दिक अपिल गर्दछु । यो कार्यशालाले यस क्षेत्रमा लागेका हरुको सिप वृद्धिमा सहयोग पुर्याउने अपेक्षा लिएका छौ । यसका लागि सम्बन्धित सबैको साथ सहयोगको अपेक्षा राखेका छौ ।

यसमा तपाइको मत

अन्य समाचार