काठमाडौं,
जेठ २६ ।
उपत्यकामा आज आइतबार भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम तय भएको छ ।
रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याएको थियो । जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज भोटो देखाउन लागिएको गुठी संस्थान ललितपुरले बताएको छ । गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पुर्याएको हो ।






