काठमाडौं,
जेठ २२ ।
देवल भण्डारीको शब्दमा तयार भएको नयाँ गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । अष्ट्रेलियाको मेल्बोर्न निवासी भण्डारीको शब्दमा तयार भएको गीत मङ्गलवार युटुववाट सार्वजनिक गरीएको हो ।
नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । साहस शाक्यको सङ्गीत संयोजन रहेकोे गीतको भिडियोलाई शुभ्रतराज आर्चायले निर्देशन गरेका छन् ।
गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसँगै रवी र पुष्पा पनि गीतको भिडियोमा छन् ।
नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ ।






