काठमाडौं,
जेठ २० ।
तेजस्वी कला केन्द्र एण्ड मिडियाद्वारा आयोजित स्कुल डान्स च्याम्पियनशिप २०७६ सिजन २, को अडिसन सुरु भएको छ । कार्यक्रममा मोडेल तथा डान्सर मुस्कान सिंह ठकुरी, कोरियोग्राफर निराजन श्रेष्ठ, गायक सुमन कुमार श्रेष्ठलगयतका हस्तीहरुले मुख्य निर्णयकको भूमिका निर्वाह गर्नु हुने भएको छ ।
बिशेषगरी काठमाडौंको दक्षिणी भेगको बिद्यालयको विधार्थी भाईबहिनीहरुको चौतर्फी बिकासलाई लक्षित यो कार्यक्रममा डान्सलगायतका विबिध पक्षको ट्रेनिङ दिईने कुरा आयोजकले बताएका छन् ।
कार्यक्रमलाई कलेज अफ सेन्ट्रल स्टेट, सोल्टी मोड, बाबा एडुकेशनल कन्सल्टेन्सी, किर्तिपुर नगरपालिका, गोलाइफ टिभी, एन्जीओ तथा बिभिन्न बिद्यालयको सहयोगमा रहने जनाइएको छ ।






