काठमाडौं,
जेठ १७ ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगर सम्मानित भएकी छन् । उनी विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सम्मानित भएकी हुन् ।
राजधानीमा आयोजित कार्यक्रममा देशमै पहिलो पटक प्रदेश स्तरमा सुर्ती जन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई ‘ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’ द्वारा सम्मान गरेको हो । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ ।
नेपालमा सुर्ती जन्य पदार्थको सेवनले बर्षेनी २५ हजार भन्दा बढि मानिसको मृत्यु हुने गर्दछ । ‘सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनााइँदै छ ।






