सुन्दर गुरुङको ‘समय आएपछि’ विमोचन

काठमाडौं,
जेठ १६ ।

सुन्दर गुरुङको नवीनतम् गजलकृति ‘समय आएपछि’ विमोचन भएको छ । बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा भोजपुरका कवि तथा गजलकार गुरुङको ‘समय आएपछि’ विमोचन गरिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायलगायतले उक्त कृतिको विमोचन गरे हुन् ।

सदस्य सचिव प्रा. उपाध्यायले नेपाली साहित्यक्षेत्रमा डायास्पोराबाट महत्वपूर्ण योगदान भइरहेको बताए । उनले यसै क्रममा आएका सुन्दरका गजलमा देशप्रेम, समाजप्रेम, समसामयिक घटना र जीवनका यावत् पक्षहरू समाविष्ट भएको बताए ।

प्राज्ञ देवी नेपालले गजलकार गुरुङको पहिलो गजल पुस्तक भए पनि स्तरीय रहेको बताए । उनले सुन्दरमा पर्याप्त गजलचेत भएको उल्लेख गरे ।

संस्कृतिविज्ञ डा. भक्त राईले गुरुङका गजल समाज, संस्कृति र जीवनका पक्षमा पाएको गरे ।  कार्यक्रममा गजलकार शितल कादम्बिनी, परिषद्का सचिव टीका चाम्लिङ र सदस्य गीता अधिकारीले कृतिबारे आ-आफ्ना विचार व्यक्त गरेका थिए । गजलकार गुरङले विमोचित कृतिबाट तीन वटा गजल वाचन गरेका थिए ।

भोजपुर, टेम्केमैयुका गुरुङ बहराइनमा कार्यरत छन् । यसअघि उनको ‘आफूले खोजेको स्वर्ग’ कविताकृति प्रकाशित छ ।

यसमा तपाइको मत

अन्य समाचार