बुटवलमा भव्य प्रदर्शनी केन्द्र बन्दै

बुटबल
जेठ १२ ।

बुटवलमा भव्य प्रदर्शनी केन्द्र बन्ने भएको छ । रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा शहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने भएको हो । एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत प्रदर्शनी केन्द्र निर्माणको काम हुने छ । २७ महिनाभित्र निर्माण सम्पन्न हुने प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरु रहनेछन् । हरेक स्टल एकसय ४४ फुटको हुनेछन् ।

बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग-अलग गर्न मिल्ने गरी बनाइने छ । एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाइनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार