काठमाडौं,
जेठ १० ।
चलचित्र मन्द मन्द’ को प्रमुख भूमिकामा छन्, कसिस दाहाल र नवीन रेग्मी देखिने भएका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्रत्र ‘मन्द मन्द’ उनीहरु प्रमुख भूमिकामा देखिन लागेका हुन् ।
केही समय अघिनै ‘मन्द मन्द’ मा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाँकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता, निर्देशक अन्यौलमा थिए । अन्नत कसिस र नवीनले त्यो अबसर पाएका छन् ।
वैैशाख तस्रो सातादेखि छयाँकन सुरु भएको सस्पेन्स सोसियल ड्रामा मन्द मन्द हाल जुम्लाका बिभिन्न स्थानमा छायाँकन जानकारी निर्देशक सानेले दिएका छन् ।
रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । काठमाडौंबाट सुरु भएको मन्द मन्दको छायाँकन नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोटहुँदै जुम्ला र मुगुसम्म पुग्दै छ । दिब्यराज सुबेदीले छायाँकन गरिरहेको चलचित्रका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् ।






