भारतीय लोकसभा चुनावको मतगणना शुरु

काठमाडौं,
जेठ ९ ।

करिब डेढ महिना लामो मतदान पक्रिया सकिएपछि बिहीबार बिहान ८ बजेबाट भारतीय लोकसभा चुनावको मतगणना शुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कुल ५४३ सिट मध्ये ५४२ सिटका लागि मतदान भएको छ । करिब ८ हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा सत्तारुढ दल भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र काँग्रेस नेतृत्वको सँयुक्त प्रगतिशील गठबन्धन (यूपीए)बीच हुनेछ । केही राज्यहरुमा क्षेत्रीय दलहरुले प्रतिस्पर्धा त्रिकोणीय बनाएका छन् । खास गरी उत्तरप्रदेश, पश्चिम बंगाल, बिहार र महाराष्ट्रको चुनावी नतिजाले आगामी सरकारको तस्वीर निर्धारण गर्नेछ ।

मतदानपछि भारतीय च्यानलहरुले सार्वजनिक गरेको एक्जिट पोलहरुले सत्तारुढ गठबन्धन नै विजयी हुने र नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने अनुमान गरेका छन् । तर, विपक्षी पार्टीहरुले भने कुनै पनि पार्टीको बहुमत नआउने भन्दै सरकार बाउनका लागि दावी तयारी गरेका छन् । मतगणनाको पहिलो रुझानमा एनडीए अगाडि देखिएको छ । शुक्रबार बिहानसम्म सम्पूर्ण मतपरिणाम आइसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार