तङ्ग-इल मो-दो संघ भत्तपुरको नेतृत्वमा रामबाबु

भत्तपुर,
जेठ ८ ।

मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्य कार्यसमिति पुर्नगठन गरेको हो ।

भत्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर रानामगर, कोषाध्यक्षमा बेबी राई, सदस्यहरुमा प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर, प्रकाश थापा मगर, राजेन्द्र राजथला, दीपक घले, सम्जन मल्ल रहेका छन् ।

महासचिव बिष्णु गिरीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको बताए ।

तङ्ग-इल मो–दो संघका उपाध्यक्ष सुर्यप्रसाद भट्टराईले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग-इल मो-दो यसमा सफल हुँदै गएको बताए । सो अवसरमा मार्सल आटका खेलाडी इन्द्रमान चित्रकारको पनि उपस्थति रहको थियो ।

यसमा तपाइको मत

अन्य समाचार