काठमाडौं,
जेठ ५ ।
भारतको लोकसभा निर्वाचनको सातौं तथा अन्तिम चरणको मतदान सुरु भएको छ। अन्तिम चरणको मतदानमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र एक केन्द्र शासित राज्यका ५९ सिटकालागि मदातान जारी छ ।
नेपाली मिति अनुसार चैत २८ गतेदेखि शुरु भएको यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहेको छ । यो निर्वाचन सात चरणमा भइरहेको हो । आगामी जेठ ९ गते (मे २३) मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ ।







