सपना र मेक्समको स्वरमा ‘जुनी जुनी…’ (भिडियोसहित)

काठमाडौं,
जेठ ५ ।

सपना थापा र मेक्सम खातीको स्वर रहेको गीत ‘जुनी जुनी…’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्बजनिक गरिएको हो ।

लोकगायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै स्रष्टा तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=fd9yedYiJgI

सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ । मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा रिना थापा र सुरज श्रेष्ठ लाई फिचर्ड गरिएको छ ।

वीरेन्द्र भट्ट र नबराज न्यौपानेले छायाँकन गरेको गीतको भिडियोलाई अनिल राणाले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार