काठमाडौं,
जेष्ठ ३ ।
राजकुमार लामा र प्रतिमा अर्यालको स्वरमा रहेको गीत ‘चोली तुनामा…’ सार्वजनिक भएको छ । राजकुमारकै शब्द, राजु विरहीको कम्पोज र संजय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/bjG6svom8qU
बिक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा राजु बिरही, पुजन घिमिरेलगायतकाले अभिनय गरेका छन् । प्रकाश चौहानको छायाँकन रहेको गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।






