तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट सार्वजनिक

काठमाडौं,
वैशाख ३१ ।

आगामी मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरेका थिए ।

शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ । प्रतिस्पर्धाबाट छानिएको लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । मस्कटका रुपमा कृष्णसार रहेको छ ।

साग गत वर्ष नै हुनुपर्ने भए पनि भौतिक पूर्वाधारको अभावमा सरेको हो । अब साग नसर्ने प्रतिवद्धता सरकारले गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार