काठमाडौं,
वैशाख २९ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका गुरुङको गीत ‘आमा’ सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर प्रकाश लेप्चाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको अभिनय रहेको छ । दीपेन्द्र थपलियाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।






