काठमाडौं,
वैशाख २९ ।
अबजदेखि यस वर्षको कक्षा ११ परीक्षा सुरु भएको छ । आज बिहान ७ बजेबाट परिक्षा सुरु भएको भएको हो । यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन् ।
जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ ।
कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन् ।
कक्षा ११ को परीक्षा देशभर ११०७ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको छ । परीक्षामा मोबाईल निषेध गरिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।






