काठमाडौं,
वैशाख २५ ।
सौन्दर्य प्रतियोगिता ‘द सुपर आमा’को यतिवेला अन्तिम तयारीमा आयोजक रहेको छ । यही वैशाख २९ गते आइतबार राजधानीमा एक भव्य कार्यक्रमबीच ‘द सुपर आमा’ प्रतियोगिता सम्पन्न हुन गइरहेको हो ।
प्रतियोगितामा ‘द सुपर आमा’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन सहित विभिन्न गिफ्ट प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम संयोजक नायिका पुजना प्रधानले बताइन ।
‘सुपर आमा’का लागि १८ प्रतिस्प्रधिले अन्तिम तयारी गरिरहेका छन् । प्रतियोगिता किड्स इन्टरटेनमेन्ट र पदमा फिल्मस् प्रालिले गर्न लागेको हो ।






