संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता : पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं,
वैशाख २१ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको टुंगो लागेको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवैपक्षबीच सांगठनिक विषयमा कुरा मिलेको शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

दुई पार्टीको एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ भएको छ । नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही २३ वैशाख अर्थात सोमबार पार्टी घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार