फिदिम वजारमा सार्वजनिक (भिडियोसहित)

धरान,
वैशाख २० ।

डीबी गुरुङको स्वर र सङ्गीत रहेको गीत ‘फिदिम बजारमा…’ सार्वजनिक भएको छ । सुमन श्रापितको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विनोद शेरेङले निर्देशन गरेको गीतको भिडियोमा दीपेन्द्र सिंह दर्नाल र स्मृती गुरुङलाई फिचरिङ गरिएको छ ।

https://www.youtube.com/watch?v=0Z9XJWzNI8o

सुवास लिम्बुको छायाँकन रहेको गीतको भिडियोलाई लिगेश भट्टराईले सम्पादन गरेका छन् । पूर्वेली लोकाभाकामा आधारित गीतको छायाँकन पुर्वका चर्चित पर्यटकीय स्थलहरुमा गरिएको छ ।

रङ्गकर्मी दीपेन्द्रसिह दर्नालले थुप्रै म्यजिक भिडियोमा अभिनय गर्नुका सार्थ पूर्वमा रहेर रङ्गकर्ममा आफूलाई सक्रिय राख्दै आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार