भारतको सिमलाकी गीताको नेपाली कला मोह

काठमाडौं,
वैशाख २० ।

भारतको सिमला स्थायी बासिन्दा भएकी गीता बर्मा अहिले काठमाडौंलाइ कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङका लागि भारत धाउदै गरेको समयमा गीता भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन ।

भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजुसँग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले दुई वटा नेपाली म्युजिक भिडियो र केही सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन ।

इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केही म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडी बढिरहेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त गीता मेहनतका साथ अभिनय र कलालार्इ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनि बताउछिन ।

‘अब नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु’, गीता भन्छिन् ।

यसमा तपाइको मत

अन्य समाचार