सिनेमाघरमा ‘दाल भात तरकारी’

काठमाडौं,
वैशाख २० ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । प्रायः दुई वा सो भन्दा बढी सङ्ख्याका चलचित्र प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारको मुख्य भुमिका रहेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

गीतसङ्गीतका कारण पनि चर्चामा रहन सफल यो चलचित्रका रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेका छन् । चलचित्रमा दीर्घ गुरुङको छाँयाकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार